ग्रिनकार्ड र नागरिकता लगायत प्राय आवेदनमा २ देखि ६ महिनाभित्र निर्णय दिने युएससीआईएसबाट लक्ष्य तय


प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड र नागरिकता लगायतका प्राय सबै आवेदनमा ६ महिनाभित्र निर्णय दिने लक्ष्य तय गरेको छ । अध्यागमनबारेका आवेदनमा चर्को ब्याकलग र निर्णय दिनमा लामो समय लागिरहेको अवस्थामा युएससीआईएसले यस्तो लक्ष्यको घोषणा गरेको हो ।

आर्थिक बर्ष २०२३ को अन्तिम सम्ममा यो लक्ष्य पूरा गर्ने युएससीआईएसले घोषणा गरेको छ । लक्ष्य पूरा गर्नका लागि क्षमता, प्रविधि र कर्मचारीमा विस्तार गर्ने युएससीआईएसले जनाएको छ । कोरोनाको महामारीका कारण ग्रिनकार्ड लगायतका कैयन आवेदनमा युएससीआईएसले निकै लामो समय लगाउँदै आएको छ ।

एकबर्षभित्र वर्क परमिट नविकरण गर्न नसकेको अवस्थामा युएससीआईएसले अब वर्क परमिटबारेको निर्णय ३ महिनामा दिने लक्ष्य तय गरेको छ । त्यस्तै एड्भान्स परोल र गैर आप्रवासी भिसा थप वा परिवर्तनको निर्णय पनि ३ महिनामा दिने लक्ष्य युएससीआईएसले तय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड, नागरिकता लगायतका अन्य प्राय सबै आवेदनमा ६ महिनाभित्र निर्णय दिने युएससीआईएसको लक्ष्य रहेको छ । आई १२९ र आई १४० को प्रिमियम प्रोसेसमा १५ दिनभित्रै निर्णय दिने र आई १२९ को नियमित आवेदनमा २ महिनाभित्र निर्णय दिने युएससीआईएसको लक्ष्य रहेको छ ।

एकबर्षको अवधिमा युएससीआईएसले प्रकृया अवधि कम गर्न विभिन्न योजनाहरु ल्याएको छ । एकबर्षको अवधिमा युएससीआईएसले ओपीटीमा जान चाहने विद्यार्थी भिसा वाहकले वर्क परमिटका लागि अनलाइन आवेदन दिनसक्ने, गैरआप्रवासी भिसाको अवधि थप्न र परिवर्तन गर्नका लागि बायोमेट्रिकमा छुट दिने, विभिन्न प्रकारका वर्क परमिटको अवधि बढाउने र स्वत थप्ने, अनलाइनबाटै टीपीएस आवेदन दिनसकिने, स्वास्थ्यकर्मी र बालबालिका हेरचाह गर्नेले छिटो वर्क परमिट नविकरणका लागि अनुरोध गर्नसक्ने लगायतका कैयन योजनाहरु ल्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com