तोकिएका समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी दिन मानव अधिकार आयोगको माग


प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार

राष्ट्रिय मानव अधिकार आयोगले तोकिएका समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन माग गरेको छ ।

आयोगले आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले उडान नभएपछि समयमा नै यात्रुलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । अनुगमनका क्रममा हवाई कम्पनी यात्रुको सहज र सुरक्षित यात्राप्रति गम्भीर नभएको पाइएको उहाँले उल्लेख गर्नुभयो ।

अनुगमनका क्रममा आठ घण्टासम्म पनि उडान नभएको, विमान कम्पनीले समयमा सही सूचना नदिने गरेको लगायत कारणले यात्रुले कठिनाइ भोग्नुपरेको, लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रुले विमानस्थल परिसरमा महँगो र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको पाइएको छ ।

आठ घण्टासम्म पनि हवाई उडान नभएपछि विमान सेवा कम्पनीले यात्रुलाई चिया खाजाको व्यवस्था नगरेको, साँझ भइसकेपछि उडान रद्द भएका खण्डमा यात्रुको सामान फिर्ता गर्ने गरिएको र यात्रुले आफ्नो व्यवस्थापन आफैँ गर्ने गरेको, विमान सेवा कम्पनीबाट केही बन्दोबस्त नहुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै उडान नहुने जानकारी समयमा नदिँदा यात्रु बेखर्ची भएर आफन्तकामा बस्नुपरेको र विमान कम्पनीले कुनै जिम्मेवारी लिने नगरिएको पाइएको छ । पहाडी भेगमा उडान भर्ने समिट एयरलाइन्सले यात्रुलाई बिहानै विमानस्थलमा बोलाउने, दिनभरि कुराउने तथा विनाजानकारी रद्द गर्ने जस्ता कार्य गरेको आयोगकी उपसचिव खतिवडाले जानकारी दिनुभयो ।

यस्तै विमान कम्पनीले आफूखुसी भाडादर बढाउने गरेको पाइएको छ । आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले विमानस्थलमा यात्रुको मानवअधिकार रक्षा र उपभोक्ता अधिकारको प्रवद्र्धनका लागि सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव सङ्कलन भइरहेको बताउनुभयो ।

आयोगका सदस्य मिहिर ठाकुरले हवाई क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक हंसराज पाण्डेले यात्रुको सुरक्षित उडान, भाडादर तोक्नेलगायत उडान प्रक्रियालाई व्यवस्थापन गर्नका लागि ऐन र कानून भए पनि उडान ढिला हुँदा यात्रुको सुरक्षा र अन्य व्यवस्थापन कसले गर्ने भन्ने स्पष्ट कानून नभएको बताउनुभयो ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भूलले त्रिभुवन विमानस्थल प्रतिघण्टा एक हजार ३५० यात्रु आवागमन गर्नसक्ने क्षमताको बने पनि अहिले प्रतिघण्टा दुई हजार ५०० भन्दा बढी यात्रुले आवागमन गरेको र हवाईजहाजको सङ्ख्या पनि धेरै बढेकाले उडानका क्रममा हुने एयर ट्राफिक जामका कारण यात्रुलाई समस्या परेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको बताउनुभयो ।

नेपाल एयरलाइन्सका नायब महाप्रबन्धक कर्णबहादुर थापाले यात्रुलाई सहज गर्न आफूहरुले हवाई उडानमा सुधार गरिरहेको बताउनुभयो । बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले भौगोलिक बनावट र मौसमका कारण हवाई उडान ढिला हुने गरेको बताउनुभयो । उहाँले सबै प्रदेशलाई जोड्नका लागि प्रदेश मुकामबाट प्रदेश मुकाम हवाई उडान गरिएको जानकारी दिनुभयो ।

यती एयरलाइन्सका स्टेशन म्यानेजर फुरी तामाङले विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा उडान समयमा नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com