अब अमेरिकामा स्वास्थ्यकर्मीका साथमा बालबालिका हेरचाह गर्नेलाई पनि वर्क परमिटको नविकरण शीघ्र


प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार

अब अमेरिकामा स्वास्थ्यकर्मीका साथमा बालबालिका हेरचाह गर्नेहरुले पनि वर्क परमिटको शीघ्र नविकरणका लागि अनुरोध गर्नसक्ने भएका छन् । यस अगाडि युएसससीआईएसले स्वाथ्यकर्मीहरुले वर्क परमिट नविकरण गर्दा शीघ्र नविकरणको अनरोध गर्नसक्ने व्यवस्था गरेकोमा अहिले बालबालिका हेरचाह गर्नेहरुलाई पनि यसमा थपेको हो ।

बालबालिका हेरचाह गर्नेहरुमा विद्यालय, व्यवसाय, निजी घरपरिवार र बाल हेरचाह संस्थाहरूमा बालबालिकालाई उपस्थित गराउने कामदारहरू समेत पर्छन् । त्यस्तै लुगा लगाइदिने, खुवाउने, नुहाइदिने र खेलको निरीक्षण गर्ने लगायतका विभिन्न काम गर्नेहरु पनि यसमा पर्छन् । तर यसमा प्रिस्कुलका शिक्षक र सहायक शिक्षकहरु भने पर्दैनन् ।

गत डिसेम्बरदेखि लागु हुनेगरी अमेरिकामा स्वास्थ्यकर्मीका रुपमा काम गरिरहेकाहरुले तुरुन्त वर्क परमिट नविकरणका लागि अनुरोध गर्नसक्ने प्रावधान ल्याइएको थियो । अब तत्कालैदेखि लागु हुनेगरी युएससीआईएसले बालबालिका हेरचाह गर्नेका लागि पनि यो सुविधा ल्याएको हो ।

वर्क परमिट नविकरणको आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले शीघ्र निर्णयका लागि अनुरोध गर्नसक्ने सुविधा ल्याइएको हो । वर्क परमिट ३० दिन वा त्योभन्दा कम समयमा एक्सपायर हुन लागेका वा पहिले नै एक्सपायर भइसकेकाहरुले शीघ्र निर्णयका लागि अनुरोध गर्नसक्नेछन् ।

कतिपय वर्क परमिट नविकरणमा युएससीआईएसले झण्डै १ बर्ष समेत लगाउन थालेपछि कैयन व्यक्ति बीचमा वर्क परमिट नभई कामविहिन हुने खतरा समेत रहेको छ । खासगरी एसाइलम आवेदकको वर्क परमिट नविकरणमा भइरहेको ढिलाइका कारण थपिएको ६ महिनाको अवधिमा समेत वर्क परमिट नविकरण नहुँदा समस्या हुने गरेको छ ।

अदालतले युएससीआईएसलाई वर्क परमिटबारे छिटो निर्णयका लागि आदेश दिन अस्वीकार गरेको अवस्थामा युएससीआईसले स्वास्थ्यकर्मी र बालबालिका हेरचाह गर्नेहरुलाई लक्ष्यीत गरेर नयाँ सुविधा ल्याएको छ । शीघ्र वर्क परमिटको अनुरोध गर्नेहरुले आफ्नो पेशाको वा अहिले स्वास्थ्यकर्मी वा बालबालिका हेरचाह गर्ने व्यक्तिका रुपमा काम गरेको प्रमाण पेश गर्नुपर्नेछ ।

यदि उचित प्रमाणहरु प्राप्त नभएको खण्डमा शीघ्र निर्णय नदिइने युएससीआईएसले जनाएको छ । यसरी अनुरोध भएका आवेदनमा छिटो निर्णय दिने बताएपछि कतिदिनभित्र निर्णय दिने भन्नेबारे युएससीआईसले केही उल्लेख गरेको छैन ।

शीघ्र निर्णयको अनुरोध गर्नका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा ८०० ३७५ ५२८३ मा फोन सम्पर्क गर्नुपर्नेछ ।

आफू योग्य स्वास्थ्यकर्मी भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

आफू योग्य बालबालिका हेरचाह गर्ने व्यक्ति भएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com