रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार


प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार

रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।

‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो्,’ रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

रुसी बमबारीमा स्टिल प्लान्ट ध्वस्त भएको खबरः

युक्रेनको मारियुपोल शहरको एउटा स्टिल प्लान्टमा भारी बिस्फोटको खबरपछि युक्रेनी सांसदले अजोव्स्ताल नामको यो कारखाना पूर्ण रुपमा ध्वस्त भएको जानकारी दिएका छन् ।

रुसी बमबारीका कारण यसको हालत यस्तो भएको छ । यो युरोपको सबैभन्दा ठूलो स्टिल संयन्त्रमध्ये एक हो ।

रुसले युक्रेनमा प्रयोग गरेको हाइपरसोनिक मिसाइल के हो ? यो कति खतरनाक ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com