झण्डै २ बर्षपछि युएससीआईएसले जुन ४ पछि नियमित सार्वजनिक सेवा सुरु गर्दै


प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार

झण्डै २ बर्षपछि युएससीआईएसले जुन ४ पछि नियमित सार्वजनिक सेवा सुरु गर्ने तयारी गरेको छ । कोरोनाको महामारीका कारण सन् २०२० को मार्च १८ पछि युएससीआईएसले सेवाग्राहीहरुका लागि फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टरमा नियमित सेवा बन्द गरेको थियो ।

जुन ४ पछि घरेलु कार्यालयहरू पुनः खोल्न र गैर आकस्मिक सार्वजनिक सेवा सुचारु गर्ने तयारी भइरहेको युएससीआईएसले जनाएको हो ।
केही कार्यालयहरू अस्थायी रूपमा बन्द भएपनि युएससीआईएसले सीमित आपतकालीन सेवाहरू व्यक्तिगत रूपमा प्रदान गरिराखेको छ ।

सेवाहरू पुन सुचारु हुन थालेपछि कार्यालयहरूले सामाजिक दूरी सुनिश्चित गर्न, सरसफाईको लागि समय दिन र प्रतीक्षालयको भार कम गर्न अपोइन्टमेन्ट र अन्तर्वार्ताको संख्या घटाउने भएको छ । अपोइन्टमेन्ट सूचनाहरूमा आगन्तुकहरूले पालना गर्नुपर्ने सावधानीहरूको जानकारी समावेश हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिरामी महसुस गर्नेहरुलाई अपोइन्टमेन्टमा नजान सुझाव दिइएको छ । अपोइन्टमेन्ट सूचनामा दिइएका निर्देशनहरू पालना गर्न र स्वस्थ भइसकेपछि अपोइन्टमेन्ट पुन तय गर्न भनिएको छ । बिरामी भएको खण्डमा अपोइन्टमेन्ट पुन तय गर्दा कुनै जरिवाना नलाग्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

एसाइलम कार्यालयहरूले अस्थायी रुपमा बन्द भएको समयमा रद्द गरिएका अन्तर्वार्ताहरू अटोमेटिक रुपमा पुन तय गर्नेछ । युएससीआईएसले अन्तर्वार्ता पुन तय गर्दा एसाइलम आवेदकहरूले अन्तर्वार्ताको लागि नयाँ समय, मिति र स्थानबारे जानकारी सहितको सूचना प्राप्त गर्नेछन्।

त्यस्तै अस्थायी रुपमा कार्यालयहरु बन्द भएका कारण स्थगित गरिएका अन्य अप्वाइन्टमेन्टहरुका लागि पनि युएससीआईएसले नयाँ सुचना पठाउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com