पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रास्थित जंगलमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आगलागीमा परी केही अग्नी नियन्त्रक सहित ५९ जना घाइते भएका छन् । अधिकांश मानिस सुरक्षित स्थानमा जाने क्रममा आगलागीमा परि मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उनीहरु कोइम्ब्रा भन्दा ५० किलोमिटरको दक्षिण पूर्व क्षेत्रबाट आगलागीबाट बचेर निस्कने क्रममा सो हताहती भएको हो । आगलागीबाट जंगल पूर्णरुपमा ध्वस्त भएको छ । जंगलको आगो बस्तीसम्म फैलिदै गएको र केही घरहरु समेत नष्ट भएको बताइएको छ । सयौंको संख्यामा अग्नीनियन्त्रक र हेलिकोप्टर परिचालन गरिएपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानीय संचारमाध्यमलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यसैबीच प्रधानमन्त्री एन्टोनियो कोष्टाले घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।