अमेरिकाको मासाचुसेट्सबाट २७ बर्षका नेपाली युवा अजित गुरुङ बेपत्ता


प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार

अमेरिकाको मासाचुसेट्सबाट २७ बर्षका नेपाली युवा बेपत्ता भएका छन् । उनी मंगलबारदेखि हराइरहेकोमा अहिलेसम्म फेला नपरेको जनाइएको छ ।

मासाचुसेट्सको एभरेटमा बस्दै आएका अजित गुरुङ अहिलेसम्म पनि नभेटिएपछि उनको बारेमा कुनै खबर प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ । उनी अन्तिमपटक मार्च १ को दिउसो १ बजेतिर मेडफोर्डको फेल्सवे वेष्ट सालेम स्ट्रीटमा देखिएको जनाइएको छ ।

उनले कालो ज्याकेट लगाएको जनाइएको छ । ५ दशमलव ८ फिट अग्ला उनी १८५ पाउण्ड रहेको जनाइएको छ । उनको परिवारले उनलाई सम्पर्क गर्न नसकेपछि उनलाई खोज्नमा सघाउन सबैसँग अपिल गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com