भ्रामक सूचना र दुष्प्रचारले लोकतन्त्रलाई हानी पु-याउँछ : अमेरिकी राजदूत वेरी


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिनुभयो ।

निर्वाचनसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उहाँले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभइ निर्वाचन र लोकतन्त्रलाई हानी पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

राजदूत वेरीले भन्नुभयो, “भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामासमेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका मुलुकले ठूलो क्षति व्यहोर्न प¥यो । धेरै मानिसको अकालमा ज्यान गयो ।”

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत वेरीले भन्नुभयो, “गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाईसमेत कमजोर तुल्याउँछ ।” निर्वाचनका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुष्ट्याई नभएसम्म अरुलाई शेयर नगर्न उहाँले सुझाव दिनुभयो । उहाँले अरु कयौ देशले शताब्दिमा गर्न नसकेको राजनीतिक रुपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजक संस्थाका अध्यक्ष भक्त विश्वकर्माले उक्त प्रशिक्षक प्रशिक्षणमा मुलुकका सातै प्रदेशका १८ देखि ३० वर्ष उम्मेर समूहका समावेशी आधारमा छनोट गरिएका प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com