ट्रेन स्टेशनमा धकेल्ने र हामफाल्ने घटनापछि न्युयोर्क सिटीका तीनवटा स्टेशनमा ब्यारिअर राखिदै


प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार

न्युयोर्कको ट्रेन स्टेशनमा गुडिरहेको ट्रेन अगाडि व्यक्तिलाई धकेल्ने र हामफाल्ने जस्ता घटना बढेपछि तीनवटा स्टेशनमा ब्यारिअर राखिने भएको छ । ट्रेनको लिकसम्म पहुच हुनबाट रोक्न विश्वका ट्रेन स्टेशनहरुमा प्रयोग हुँदै आएको जस्तो प्लेटफर्म ब्यारिअर न्युयोर्क सिटीमा समेत राख्न विगत कैयन बर्षदेखि आव्हान गरिदै आएको छ ।

टाइम्स स्क्वायरमा एकजना महिलालाई होमलेसले ट्रेनको लिकमा धकेल्दा गुडिरहेको ट्रेनले किचेर मृत्यु भएको एकमहिनापछि न्युयोर्क सिटीको एमटीएले प्लेटफर्म ब्यारिअर राख्ने योजना ल्याएको हो । अहिले परीक्षणका रुपमा त्यस्ता ब्यारिअरहरु राखिने भएको छ । त्यसमध्ये एउटा स्टेशन टाइम्स स्क्वायर समेत हुनेछ ।

७ नम्बर ट्रेनको टाइम्स स्क्वायर स्टेशनमा यो ब्यारिअर राखिने भएको छ । त्यस्तै इ ट्रेनको क्वीन्समा रहेको सटफिन ब्लुभर्ड आर्चर एभिन्यु जेएफके एयरपोर्ट स्टेशनमा पनि ब्यारिअर राखिने भएको छ । एल ट्रेनको म्यानहटनमा रहेको थर्ड एभिन्यु स्टेशनमा पनि ब्यारिअर राखिने छ । न्युयोर्क सिटीको एमटीएले ब्यारिअर राख्ने सन्दर्भमा विगतमा पनि अध्ययन गर्दै आएपनि अत्यन्तै महँगो हुने निष्कर्षका साथ पछाडि हटेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रेन स्टेशनमा भएको असुरक्षाका कारण न्युयोर्क सिटीका बासिन्दाहरु चिन्तित भइरहेको अवस्थामा चालिएको यो कदमले थप सुरक्षाको अनुभव हुनसक्ने अपेक्षा गरिएको छ । स्टेशन र ट्रेनबाट होमलेसहरुलाई हटाउन तथा सुरक्षा व्यवस्था मजबुत बनाउन न्युयोर्क सिटीका मेयरले नयाँ कार्यक्रम समेत लागु गरिसकेका छन् ।

प्लेटफर्मको किनारामा बार र ढोकाहरु राखिने यो कार्यक्रमका लागि तीनवटा स्टेशनमा मात्र १ सय मिलियन डलर भन्दा बढी खर्च हुने भएको छ । त्यस्तै यो काम पूरा हुन सन् २०२४ सम्म लाग्नसक्ने जनाइएको छ । युरोप र एसियाका कैयन नयाँ ट्रेन स्टेशनमा यस्ता ढोकाहरु राखिएको छ । लण्डन, हङकङ, पेरिस, सिंगापुर, टोकियो लगायतका स्थानमा पनि ट्रेन स्टेशनमा लिकसम्म पहुच रोक्ने ढोकाहरु प्रयोगमा छन् ।

न्युयोर्कको जोन अफ केनेडी जाने एयर ट्रेनमा पनि यस्तो ब्यारिअर राखिएको छ । ट्रेन स्टेशनमा राखिएका यस्ता ब्यारिअर दुर्घटना हुनबाट जोगाउन अत्यन्तै प्रभावकारी हुने गरेका अध्ययनले देखाएका छन् । भींडभाडयुक्त स्टेशनमा ट्रेन ढिलो गर्नु नपर्ने भएकाले पनि यस्तो ब्यारिअर राख्दा ट्रेनको सेवामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com