निर्दोष नागरिकको नरसंहार गरेको आरोप लगाउँदै रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा निवेदन दायर


प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार

यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो ।

 

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । रुसले युद्धको बहानामा निर्दोष नागरिकमाथि नरसंहार गरेको आरोप छ । युक्रेनले रुसलाई सैन्य कारबाही र सजाय रोक्न आदेश माग गरेको छ । रुसविरुद्धको यो याचिकामा अर्को हप्ता सुनुवाइ हुने बताइएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठह-याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।”

 

“यूक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको छ । आक्रामण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठह-याउन यूक्रेनले माग गरेको छ । मस्को र किभबीच चलिरहेको तनावबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग कुराकानी गर्दै रुस कूटनीतिक र आर्थिक रुपमा पृथक हुनुपर्ने बताउनुभएको थियो ।

 

यसअघि उहाँले जर्जियाका राष्ट्रपति सालोम जुराबिचविली र चेक गणतन्त्रका प्रधानमन्त्री पेटर फियालासँग वर्तमान अवस्थाबारे पनि कुराकानी गर्नुभएको थियो । जेलेन्स्कीले फोन वार्तालापमा युक्रेनलाई यूरोपेली संघमा सदस्यता प्रदान गर्ने आफ्नो व्यक्तिगत नेतृत्वको लागि पोल्याण्डका राष्ट्रपति आन्ड्रज डुडाप्रति आभार प्रकट गर्नुभएको छ ।

 

ट्वीटमार्फत् दिएको एक सन्देशमा जेलेन्स्कीले पोपको प्रार्थनाप्रति पनि आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “यूक्रेनी जनताले उहाँको पवित्रताको आध्यात्मिक समर्थन महसुस गर्छन् ।” यूक्रेनको विकट क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र पहिचानका रूपमा मान्यता दिएपछि रूसले बिहीबार बिहान सबेरै डोन्बास क्षेत्रमा विशेष सैन्य परिचालन सुरु गरेको थियोे । पश्चिमी देशहरूले रूसी सैनिक परिचालनको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com