युक्रेनमा अहिलेसम्म २४० नागरिकको मृत्यु, पानी र बिजुली छैन : राष्ट्रसंघ


प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार

युक्रेनमा रुसले गरेको आक्रमणको आज चौथो दिन हो । युक्रेनका धेरै सहरहरूमा भीषण लडाई चलीरहेको छ । युक्रेन यतिबेला रुसको भिषण आक्रमणको पूर्ण रूपमा सामना गरिरहेको छ, आफ्नो भूकिा लागि लडिरहेको छ।

यसबीचमा युक्रेनमा हालसम्म २ सय ४० जना सर्वसाधारण र ६४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
आक्रमणका कारण यहाँका घर र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । जसका कारण सयौं मानिस बिजुली र पानीविहीन बस्न बाध्य छन् ।

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् ।

संयुक्त राष्ट्र संघले भनेको छ, १६०००० भन्दा बढी युक्रेनीहरूले आफ्नो घर छाडेका छन्, आन्तरिक रूपमा विस्थापित भएका छन्  । देश छोड्न खोजिरहेका छन्। युक्रेनी सरकारले रुसी आक्रमणले ठूलो शरणार्थी संकट निम्त्याउन सक्ने अनुमान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइनमा विस्फोट गराएको छ :

युक्रेनी राष्ट्रपतिको कार्यालयले रुसी सेनाले खार्किभमा रहेको ग्यास पाइपलाइन विस्फोट गराएको बताएको छ ।
विस्फोटपछि ‘मशरूम क्लाउडू जस्तो देखिन्छ र ‘वातावरणीय प्रकोपू हुन सक्छ। नागरिकहरूलाई भिजेको कपडाले झ्याल छोप्न र प्रशस्त तरल पदार्थ पिउन सल्लाह दिइएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com