एलन मस्क भन्छन्, ‘स्पेसएक्सको स्टारलिंक स्याटेलाइट युक्रेनमा सक्रिय’
प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार
स्पेस-एक्सका संस्थापक एलन मस्कले युक्रेनलाई सहयोगको हात बढाएका छन्। रुसी आक्रमणले युक्रेनमा इन्टरनेट जडानमा समस्या निम्त्याएको छ । यस्तो अवस्थामा एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरेका छन् ।
युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्वीटरमा ट्याग गर्दै देशमा स्टारलिङ्क स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए ।
@elonmusk, while you try to colonize Mars — Russia try to occupy Ukraine! While your rockets successfully land from space — Russian rockets attack Ukrainian civil people! We ask you to provide Ukraine with Starlink stations and to address sane Russians to stand.
— Mykhailo Fedorov (@FedorovMykhailo) February 26, 2022
स्टारलिंक के हो ?
‘स्टारलिङ्क’ मस्कको कम्पनी ‘स्पेस एक्स’ को एकाइ हो, जसले ‘लो अर्थ अर्बिट’ स्याटेलाइटमार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँछ। यसको मतलब यो मार्फत कुनै पनि फाइबर अप्टिक, केबल वा टावर बिना इन्टरनेट जडान प्रदान गर्न सकिन्छ।






