क्यापिटल हिल दंगामा स्पीकर पेलोसीको पोडियम बोकेर हिड्नेलाई ७५ दिन जेल सजायको फैसला


प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार

अमेरिकामा गतबर्षको जनवरी ६ को क्यापिटल हिल दंगामा स्पीकर न्यान्सी पेलोसीको पोडियम बोकेर हिड्ने व्यक्तिलाई अदालतले ७५ दिन जेल सजायको फैसला गरेको छ । आदम जोन्सन नामका फ्लोरिडाका ती व्यक्तिले पेलोसीको पोडियम बोकेर हिडेको तस्वीर भाइरल भएको थियो ।

घरमै बस्दै आएका पाँचजना बच्चाका पिता जोन्सन गतबर्षको जनवरीमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनका लागि २०२० को चुनावी परिणाम उल्टाउने मुद्दामा वासिंटन डिसी पुगेका थिए । अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधिस रेगी वाल्टनले शुक्रबार जोन्सनविरुद्धको मुद्दाको फैसला गर्दै सजाय सुनाएका हुन् ।

जोन्सनले मुद्दा चलिरहेको अवस्थामा पहिले नै जेलमा बिताएको समयका लागि भने क्रेडिट पाउनेछन् । अर्थात् पहिले नै बिताएको समयलाई अहिले फैसला गरिएको जेल सजायको अवधिमा घटाइनेछ । जोन्सनले ५ हजार डलर जरिवाना समेत तिर्नुपर्ने फैसला अदालतले गरेको छ । जोन्सनले आफू क्यापिटल हिल दंगाको हिस्सा बनेकोमा लज्जाबोध भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरु कुनै देशमा यस्तो गरेको भए आफूले पहिले नै गोली खाइसकेको हुने र अदालतमा उपस्थीत हुने मौका नपाउने जोन्सनले बताए । स्पीकर पेलोसीलाई नोक्सान गर्ने कुनै उद्देश्य नभएको र यदि भेट भएको भए सेल्फी खिच्न भन्ने उनले बताए ।

क्यापिटल हिल दंगामा संलग्न ७४० जनालाई एफबीआइले पक्राउ गरिसकेको छ । उक्त दिन झण्डै २५ सय जना व्यक्ति दंगामा सहभागी भएका थिए । सुरक्षा अधिकारीलाई आगो निभाउने उपकरणले आक्रमण गर्ने रोबर्ट पाल्मरलाई संघीय जेलमा ५ बर्षको सजाय दिइसकिएको छ ।

त्यस्तै बिहिबार भींडलाई पेलोसीको लबीतिर बढाउने जेफ्री रजिष्टरलाई ७५ दिन जेल सजायको फैसला गरिएको थियो । त्यस्तै यसै साताको सुरुमा मारिपोसा क्यास्ट्रोलाई ४५ दिन जेल सजाय सुनाइएको थियो । अहिलेसम्म ४० जनालाई सजाय सुनाइसकिएको छ भने २ सयभन्दा धेरैले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com