संयुक्त राष्ट्रसंघका महासचिवको अपील -रुसी सैनिक फिर्ता जाउ
प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार
Bundesaussenminister Frank-Walter Steinmeier, SPD, beim Treffen mit Vertretern von Nichtregierungsorganisationen im Internationalen Club Berlin, 04.11.2015. Copyright: Michael Gottschalk/photothek.net [Tel. +493028097440 – www.photothek.net – Jegliche Verwendung nur gegen Honorar und Beleg. Urheber-/Agenturvermerk wird nach Paragraph13 UrhG ausdruecklich verlangt! Es gelten ausschliesslich unsere AGB.]
युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अघि बढेको छैन । रुसले आफ्नो भिटो शक्ति प्रयोग गरेर यसलाई रोकेको छ।
त्यसको केही समयपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा आक्रमण गर्ने रुसी सेनालाई आफ्नो ब्यारेकमा फर्किन आग्रह गरेका छन् । गुटेरेसले भने,’शान्तिको लागि अर्को मौका दिनुपर्छ’।
पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले हार मान्नुहुँदैन, शान्ति स्थापनाका लागि थप एउटा मौका दिनुपर्छ । सिपाहीहरू आफ्नो ब्यारेकमा फर्कनुपर्छ। साथै नेताहरूले शान्ति कायम गरी वार्ताको बाटोमा अघि बढ्नुपर्छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवले विगतमा पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई चुनौती दिएको तर यो संस्था सधैं शान्ति, सुरक्षा, विकास, न्याय, अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पक्षमा उभिएको उल्लेख गर्नुभएको छ ।
गुटेरेसले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म सबै गर्नुपर्दछ ताकि यी मूल्यहरू युक्रेन र सम्पूर्ण मानवताका लागि दृढ रहोस्।’
उल्लेखनीय कुरा के छ भने रुसी सेना युक्रेनको सीमामा प्रवेश गरी राजधानी कीभ पुगेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आगामी केही घण्टामा रुसले राजधानी कीभमा नराम्रो आक्रमण गर्ने सम्भावना रहेको बताएका छन् । उनले चुनौतीलाई शक्तिका साथ सामना गर्न जनतालाई आग्रह गरे । एजेन्सी






