राष्ट्रपति पुटिन युक्रेनसँग वार्ता गर्न तयार, यस्ता छन् सर्तहरु


प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार प्रवक्ताले भनेका छन् तर यी वार्ताहरू युक्रेनलाई ‘तटस्थ स्थिति’घोषणा गर्ने र सेना घटाउने विषयमा हुनेछन्।

रुस युक्रेन नाटोमा सामेल नहोस् भन्ने चाहन्छ । युक्रेन संकटका सम्बन्धमा रुसले अमेरिका र अन्य पश्चिमी देशहरूसँग वार्ता गरिरहेको बेला पनि रुसको मुख्य माग युक्रेनलाई नेटोमा समावेश नगर्नु नै थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि आह्वान गरेका छन् ।

यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी सेनाले हतियार नदिएसम्म वार्ता हुन नसक्ने बताएका छन् । क्रेमलिनका प्रवक्ताले मिन्स्कमा वार्ताको कुरा गरेका छन्। रुस र युक्रेनबीचको सम्बन्धको हिसाबले यो स्थान महत्त्वपूर्ण छ।

पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण द्वन्द्वपछि सन् २०१४ मा मिन्स्क–१ र २०१५ मा मिन्स्क–२ सम्झौतामा हस्ताक्षर भएको थियो । सन् २०१५ को फेब्रुअरीमा बेलारुसको राजधानी मिन्स्कमा रुस, युक्रेन, जर्मनी र फ्रान्सका नेताहरूको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअन्तर्गत रुस समर्थक पृथकतावादीहरूले कब्जामा लिएका क्षेत्रमा शान्ति स्थापनाका लागि कदम चाल्नुपर्ने थियो। अब रुसको आक्रमणलाई मिन्स्क सम्झौताको उल्लङ्घनका रूपमा हेरिएको छ ।-BBC

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com