रुसी हमला भैरहेका बेला अरेवाले गरे बिहे भन्छन् ‘मर्नु अघि एक हुन चाहन्छौं’
प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार
बिहीबार युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि पूरै देशमा त्रासको वातावरण थियो । मानिसहरु घर छोडेर भाग्न थाले । यसैबीच एक जोडीले गाँठो बाँधेका छन् ।
युक्रेनका एक दम्पतीले सुमधुर सङ्गीतको सट्टा हवाई आक्रमणको साइरनको बीचमा आफ्नो विवाह हुनेछ भनेर कहिल्यै सोचेका थिएनन्। रुसले बिहीबार युक्रेनमा हमला गरेपछि पूरै देशमा त्रास फैलिएको थियो । सबैजना आफ्नो ज्यान बचाउन दौडे, तर यारिना अरेवा र स्व्याटोस्लाभ फुरसिनले आकाशमा उडिरहेका विमानहरूको बीचमा एक अर्कासँग विवाह गर्ने निर्णय गरे।
कीभको सेन्ट माइकल्स मठमा विवाह गरेकी अरेवाले सीएनएनलाई भनिन्, ‘यो धेरै डरलाग्दो थियो।’एयर अट्याक साइरनहरू बीचको विवाह पछि, अरिवले भनिन् ‘ यो तपाईको जीवनको सबैभन्दा खुशीको क्षण हो तर जब तपाई बाहिर जानुहुन्छ तपाईले यो सुन्नु हुन्छ।” यो जोडीले वैवाह मे ६ तारिख तय गरेका थिए । खोलाको किनारमा रहेको रेष्टुरेन्टको टेरेसमा बसेर मनाउने सोचेका थियौँ ।
पुटिनले तोडिदिए सुन्दर सपना
२१ वर्षीया अरिवाको सपना उनको विवाहलाई सुन्दर बत्ती र आफ्नो पार्टनरले विशेष बनाउने थियो। तर बिहीबार पुटिनले रुसमाथि सैन्य कारबाहीको आदेश दिएपछि उनका सबै सपना चकनाचुर भए । त्यसको केही समयपछि बिहानैदेखि रुसी सेनाले पूर्वी युक्रेन र देशका विभिन्न भागमा मिसाइल प्रहार गर्न थालेको थियो । विस्तारै हमलाको आगो देशभर फैलिएको थियो, जसको ज्वाला आज दोस्रो दिन पनि राजधानी कीभसम्म पुगेको देखिएको छ ।
म मर्नु अघि एक हुन चाहन्छौं
यो जोडी कीभमा भएको एक प्रदर्शनको क्रममा भेटिएका थिए। तनावको माहौलका बीच उनीहरुले आफ्नो भविष्य कस्तो हुन्छ भन्ने थाहा नभएकाले विवाहको निर्णय लिएका थिए। अरिवले अवस्था निकै अप्ठ्यारो भएको बताए । हामी हाम्रो भूमिको लागि लड्नेछौं। हामी मर्न सक्छौं , यसैले हामी मर्नु अघि सँगै हुन चाहन्थ्यौं। विवाहपछि दम्पती सेनालाई सहयोग गर्न स्थानीय रक्षा केन्द्र गएका थिए । एजेन्सी






