अमेरिकी राष्ट्रपति बाइडेनले भने,‘पुटिन आक्रमणकारी हुन्,अब उनी र उनको देशले परिणाम भोग्नु पर्नेछ’
प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले गरेको आक्रमणको कडा निन्दा गरेका छन् । उनले भने ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो । बाइडेनले अमेरिकाबाट रुसमाथि थप कडा प्रतिबन्ध लगाइने बताए ।
बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन् । पुटिनले युद्ध रोजे र अब पुटिन र उनको देशले परिणाम भोग्नेछ। यति मात्र होइन, VTB सहित थप ४ रुसी बैंकलाई पनि प्रतिबन्ध लगाउने भनिएको छ । यसै क्रममा बाइडेनले विश्वका अधिकांश देश रुसको विरुद्धमा रहेको बताए ।
उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए । युक्रेनमा फसेका अमेरिकी नागरिकको सुरक्षा अहिले अमेरिकाको प्राथमिकतामा रहेको बाइडेनले बताए । साथै उनले अमेरिका सबै प्रकारका साइबर आक्रमणको जवाफ दिन तयार रहेको पनि बताए ।
बाइडेनले फेरि युक्रेनमा आफ्नो सेना नपठाउने स्पष्ट पारेका छन् । बाइडेनले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने बताए । साथै उनले नेटो देशको एक इन्च जमिनको पनि रक्षा गर्ने बताए । यसबाहेक बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने आफ्नो कुनै योजना नभएको पनि बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सम्बोधनमा रुसी सेनाले युक्रेनमा क्रूर आक्रमण गरेको भन्दै आफ्नो सम्बोधन सुरु गरेका थिए । उनले यो पूर्वनियोजित आक्रमण भएको बताए ,जुन महिनौंदेखि योजना बनाइएको थियो। यो आक्रमणले रुसको अर्थतन्त्रमा पनि असर पार्नेछ । एजेन्सी






