रुसको आक्रमणमाबाट युक्रेनमा १ सय ३७ जना मारिए, अस्पताललाई निशाना बनाएको आरोप
प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार
युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोले बिहीबार रुसी आक्रमणमा ५७ युक्रेनी नागरिकको मृत्यु भएको र अन्य १६९ जना घाइते भएको बताएका छन् । ल्यास्कोबाट प्राप्त पछिल्लो जानकारी अनुसार पहिलो दिनको भिडन्तपछि मृत्यु हुनेको संख्या १३७ पुगेको छ । लिस्कोले यो पनि भने , युक्रेनी अधिकारीहरूले शत्रुताका घटनाहरूको बीचमा चिकित्सा सहायताको खाँचोमा परेका मानिसहरूका लागि ठाउँ बनाउन देशको स्वास्थ्य सुविधाहरूको पुन: निर्माण गरिरहेका छन्।
रुसी पक्षबाट युक्रेनमा आक्रमण हुने भविष्यवाणी पहिल्यै गरिँदै थियो, जुन २३-२४ फेब्रुअरी राति हकिगत पनि भयो । रुसले आक्रमण गर्नुअघि अमेरिका, बेलायतजस्ता देशले रुसले आक्रमण नगरोस् भनेर सबै नाकाबन्दी लगाउने कुरा गरिरहेका थिए । तर, रुसले कसैको कुरा सुनेन र युक्रेनमाथि आक्रमण गर्यो । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसको आक्रमणलाई अत्यन्त क्रूर भनेका छन् । उनले ट्विटमा लेखेका छन् – महामारीको बेला पुटिनले युरोपमा आक्रमण गरेका छन् ।
Consider this: Putin has launched a massive war of aggression in Europe during a still raging pandemic. On top of that, Russians bomb Ukrainian hospitals now. This is beyond evil. The only moral choice any government can make now is to support Ukraine by all means.
— Dmytro Kuleba (@DmytroKuleba) February 24, 2022
अझ नराम्रो कुरा, रुसी बमहरूले युक्रेनका अस्पतालहरूलाई निशाना बनाएका छन्। यो शैतान भन्दा नराम्रो काम हो। अब सबै सरकारहरूसँग एउटै विकल्प छ – युक्रेनलाई सम्भव भएसम्म समर्थन गर्ने।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार एक टेलिभिजन सम्बोधनमा युक्रेनमा सैन्य कारबाही सुरु गर्ने आफ्नो कदम छिमेकी देशको धम्कीको जवाफमा भएको बताए। पुटिनले अन्य देशहरूलाई पनि चेतावनी दिए कि यदि तिनीहरूले रूसी सैन्य अपरेशनमा हस्तक्षेप गर्ने प्रयास गरे भने, तिनीहरूले “आफूले कहिल्यै नदेखेको परिणामहरू देख्नेछन्।”एजेन्सी






