ओबामा प्रशासनले क्युवासँग गरेको सम्झौता तत्काल रद्द गर्छु : ट्रम्प


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनले क्युवा सरकारसँग गरेको   सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको छ ।  मायामीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले  भन्नुभयो, ‘ओबामा प्रशासनले क्युबासँग गरेको पूर्णत: एकतर्फी सम्झौताहरु म तत्काल लागू हुने गरी रद्द  गर्दैछु ।’ दुई वर्षअघि अमेरिका र क्युवाबीच द्विपक्षीय आदानप्रदान एवम् राजनीतिक सम्बन्ध कायम गर्न सम्झौता भएको थियो । ओबामा प्रशासनले खुकुलो पारेको यात्रा प्रतिबन्ध र व्यापारिक सहजतालाई पनि राष्ट्रपति ट्रम्पले स्थगित गर्नुभएको छ । ट्रम्पको कदमपछि क्युवा र अमेरिका आवातजावतमा यात्रुले थप जटिलता व्यहोर्नुपर्ने भएको छ ।  यद्यपी क्युबासँगको द्विपक्षीय आदानप्रदानको नीति पूर्ण रुपमा खारेज नभएको र अगामी दिनमा क्युवाले बनाउने नीति कार्यक्रम अनुसार सम्बन्ध अघि बढ्ने ट्रम्पको भनाई छ । सन् १९६१ मा एक अर्को देशमा दूतावास बन्द गरेका अमेरिका र क्युवाले ५४ वर्षपछि  लामो शीतयुद्ध अन्त्य गर्दै द्धिपक्षिय सम्झौतापछि सन् २०१५ मा आएर दूतावास खोल्न सहमत भएका थिए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com