डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ’ एप्पल स्टोरमा, निशुल्क एप्लीकेशनको ट्रेन्डिङमा पहिलो


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि डोनाल्ड ट्रम्पले आफैले सुरुवात गरेको नयाँ सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ एप्पल स्टोरमा उपलब्ध भएको छ । सोमबार विहान यो एप्लीकेशन एप्पल स्टोरमा निशुल्क एप्लीकेशनको पहिलो ट्रेन्डिङमा परेको थियो ।जबकी फेसबुक सोसल नेटवर्कमा दोश्रो नम्बरमा रहेको छ ।

केैयन प्रयोगकर्ताहरुले एप्लीकेशनमा साइन इन गर्नमा समस्या भएको बताएका छन् भने कैयन प्रयोगकर्ताहरुलाई उच्च माग भएको भन्दै प्रतिक्षा सुचीमा राखिएको छ । यसभन्दा अगाडि यो एप्लीकेशन परीक्षणकालमा रहेको थियो । अब डोनाल्ड ट्रम्प यही सामाजिक सञ्जालमार्फत सकृय हुने भएका छन् ।

सन् २०२१ को जनवरीमा उनका समर्थकहरुले क्यापिटल हिलमा दंगा मच्याएपछि ट्रम्पलाई फेसबुक, ट्वीटर, युट्युब लगायतमा प्रतिबन्ध लगाइएको थियो । त्यसपछि ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपले सामाजिक सञ्जालको विकाश सुरु गरेको हो । मार्चको अन्तिमसम्म यो एप्लीकेशन अमेरिकाभित्र पूर्णरुपमा संचालनमा आउने जनाइएको छ ।

सत्यलाई पछ्याउने नारासहित यो सामाजिक सञ्जाल संचालनमा रहेको छ । यसमा एकाउन्ट बनाउने व्यक्तिलाई सत्यवाचक भनेर सम्बोधन गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com