नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतवार रुसलाई “झूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएको” आरोप लगाएका छन् ।
“रूसले भनेझैं कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ,” स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
एजेन्सीका अनुसार नाटो प्रमुखले गठबन्धनको स्थापना सन्धिलाई उद्धृत गर्दै पूर्वतर्फ विस्तार नगर्ने आफ्नो वाचा तोडेको नाटोको आरोपलाई पनि अस्वीकार गरेका छन्।
यस महिनाको ८ तारिखमा युरोपेली संघमा चिनियाँ मिसनले नाटोको थप विस्तारको विरोध गरेको थियो। “शीतयुद्ध समाप्त भएको तीस वर्ष पछि नाटोले आफ्नो भौगोलिक दायरा र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा संलग्न छ। यो विश्वव्यापी सुरक्षा र स्थिरताको लागि अनुकूल छैन।” चीनको टिप्पणी थियो। -एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।