बानेश्वर क्षेत्र तनावग्रस्त,आन्दोलनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार


प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार

एमसीसीको विरोधमा संसद भवन अगाडि प्रदर्शन भएको भैरहेको छ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

 

एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा प्रयोग गरेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएर संसद्‌मा प्रस्तुत गरिँदै गर्दा बानेश्वर सडकमा भने कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com