सिंगापुरमा बालिकामाथि यौन दुव्र्यवहार गर्ने भारतीय नागरिकलाई जेल सजाय


प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार

सिंगापुरमा एक नाबालिग बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ३० वर्षीय भारतीय नागरिकलाई शुक्रबार एक वर्षको जेल सजाय सुनाइएको छ । दोसी भारतीय नागरिकलाई शुक्रबार एक वर्षको जेल सजाय भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत वर्ष ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा अदालतले जीवनदन गोविन्दनलाई दोषी ठहर गरेको थियो । आज पत्रिकामा प्रकाशित समाचारका अनुसार अदालतले दोषीलाई तीन पटक कारावासको सजाय पनि सुनाएको थियो।

न्यायाधीश क्रिस्टोफर गोहले दोषीले बालिकामाथि यौन दुव्र्यवहार गरेको कारणले मात्र नभई पीडित बालिका सानै भएकोले पनि  सजाय दिएको बताए।

अदालतबाट प्राप्त विवरण अनुसार गोविन्दन पेशाले इन्जिनियर हुन् र गत फागुन २३ गते रक्सीको धुतमा पिडितलाई पछ्याएर यौन दुव्र्यवहार गरेका थिए । एजेन्सी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com