बेलायती राजकुमार चाल्र्सको परोपकारी संस्थामा प्रहरीद्वारा छानविन सुरु


प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार

बेलायती प्रहरीले  साउदी व्यापारीसँग सम्बन्धित सम्मान स्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चाल्र्सको परोपकारी संस्थामाथि छानबिन शुरु गरेको बताएको छ ।

“यो निर्णय सेप्टेम्बर २०२१ को पत्रको मूल्यांकनपछिको हो । यो सम्मानबारे सञ्चारमाध्यममा आएको रिपोर्ट सम्बन्धित एक साउदी नागरिकका लागि सम्मान र नागरिकता प्राप्त गर्न सहायताको प्रस्ताव गरिएको आरोप लगाइएको स्कटल्याण्ड यार्डले जनाएको छ ।

आरोपबारे सावधानीका लागि गिरफ्तार वा अन्तरवार्ताहरू नभएका प्रहरीले जनाएको छ । आरोपहरूको आन्तरिक जाँचपछि गत वर्ष ‘द प्रिन्स फाउन्डेशन’का प्रमुखले राजीनामा दिएका थिए ।

यस फाउन्डेसनका प्रमुख कार्यकारी माइकल फासेटले सुरुमा एक साउदी नागरिकसँग आफ्नो सम्बन्धबारे अखबारको खुलासापछि आफ्नो जिम्मेवारी निलम्बन गर्न सहमत भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती व्यक्ति, व्यापारी महफूज मारे मुबारक बिन महफूजले चाल्र्सलाई उहाँको रोजाइको एक पुनः स्थापना परियोजनाका लागि ठूलो रकम अनुदान दिएको दावी गरिएको छ ।

दशकौंदेखि रानी एलिजाबेथ द्वितीयको उत्तराधिकारीको नजिक रहेका ‘प्रिन्स अफ वेल्स’का भूतपूर्व निजी सहयोगी फाउसेटले महफूजको लागि शाही सम्मान र बेलायती नागरिकतासमेत प्रदान गर्न समन्वय गरेको आरोप लगाइएको छ । रिपोर्टअनुसार महफूजले कुनै पनि गलत काम नभएको भन्दै आरोपको खण्डन गरेका थिए ।

राजकुमार चाल्र्सको फाउन्डेसनले बेरोजगार मानिसहरूलाई काममा फर्कन र साना व्यवसायहरू सुरु गर्न मदत गर्छ । संस्थाले दाबीहरूलाई ‘अत्यन्तै गम्भीरतापूर्वक’ लिएको बताएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com