एमसिसी टेबुल हुन्छ, सहमति जुटाउने प्रयास जारी : कानून मन्त्री बडू


प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका लागि समय निर्धारण गरिएको जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा मन्त्री बडुले एमसिसीबारे सडकमा उठेका बहस र विवादलाई टुङ्गोमा लानका लागि पनि सो प्रस्तावलाई संसद्मा लानुपर्ने बताउनुभयो । मन्त्री बडूले भन्नुभयो, “यो विषयलाई संसद्मा प्रवेश गराउने र छलफलमा लाने हाम्रो उद्देश्य हो । छलफलका निमित्त दललाई अझै केही समय चाहिन्छ भन्ने आएकाले थप सहमति जुटाएर अबको बैठकमा टेबल गर्ने सहमति बनाउँदैछौँ ।”

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते शुक्रबार दिउँसो १ बजे तोकिएको छ भने सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक ५ गते दिउँसो बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनतालाई गुमराहमा राखेर एमसिसी सम्झौता गरिएकाले त्यसमा संशोधन नभएसम्म प्रस्ताव अघि बढ्न नहुने अडान राख्नुभयो ।

उहाँले भन्नुभयो, “कतिपय विषयमा दशौँ वर्ष लगाएर सहमति हुन्छ । कतिपय विषय परिस्कृत हुन्छ, परिमार्जन हुन्छ, बदलिन्छ, अनिमात्रै सहमति हुन्छ । असहमतिका विषयमा बल प्रयोग गरेर हुन्छ रु” सडकमा विरोध र सरकारमा पनि बस्ने कुरा एकैसाथ हुन्छ र भन्ने पत्रकारको प्रश्नमा पूर्वप्रधानमन्त्री खनालको जवाफ थियो, “किन नहुनु मज्जाले हुन्छ । यहाँ भइरहेको छ देख्नुभएन रु”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा (माओवादी केन्द्र)का नेता ओनसरी घर्तीले एमसिसी राष्ट्रिय सरोकारको विषय भएको र प्रतिपक्षी दल अहिले पनि विरोधको स्थितिमा रहेकाले सबैको सहमतिमा अघि बढ्न दल एकै ठाउँमा बसेर छलफल नगरिकन अघि नबढौँ भन्ने हाम्रो आग्रहबमोजिम आजको बैठकमा सो प्रस्ताव पेश नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनभित्रका कुनै दलले सो प्रस्तावबारे आफ्नो निर्णय गर्न सक्ने र अरु दलले त्यसलाई नमान्न पनि सक्छ । प्रतिपक्षको अवरोध कायम रहेकाले पनि आज टेबुल गर्नतिर गइएन ।”-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com