भारतका ‘डिस्को किंग’ बप्पी लहरीको निधन


प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार

भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ६९ वर्षको उमेरमा निधन भएको छ ।

एक महिनाको उपचारपछि अस्ति सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।

बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ‘आइ एम अ डिस्को डान्सरु,’यार बिना चेन कहाँ रे,रात बाँकी, ‘बम्बइ से आया मेरा दोस्तु लगायत गीत चर्चित छन् ।

उनको वास्तविक नाम आलोकेश लाहिरी थियो। बप्पी लाहिरी संगीतका साथै सुनको लुगा लगाउने शैलीका कारण पनि परिचित थिए ।

उनले आफ्नो करियरमा करिब ५ हजार गीत गाएका छन् । यसमा उनले हिन्दी, बंगाली, तमिल, तेलुगु, मलयालम, कन्नड, गुजराती, मराठी, पञ्जाबी, उडिया, भोजपुरी, असमिया भाषाका साथै बंगलादेशी फिल्म र अङ्ग्रेजी गीतहरू रचना गरेका थिए।

पछिल्लो समय भारतले गीत स‌ंगीतको क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com