अब अमेरिकाबाट फ्रान्स जाने भ्याक्सिन लगाएकाले कोरोनाको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने


प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार

शनिबारदेखि अमेरिकाबाट फ्रान्स जाने यात्रुहरुले कोरोनाबिरुद्धको भ्याक्सिन र बुस्टर डोज लगाएको भएमा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने भएको छ । यसअगाडि ४८ घण्टाभित्रको नेगेटिभ रिपोर्ट देखाउने पर्ने प्रावधान रहेकोमा शनिबारदेखि यो प्रावधान हटाइएको हो ।

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु र १२ बर्षभन्दा मुनीका भ्याक्सिन नलगाएकाहरुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुनपर्ने अमेरिकामा रहेका फ्रान्सका दूतावास र कन्सुलेटले जनाएका छन् । यात्रुहरुले भ्याक्सिन लगाएको प्रमाण भने देखाउनुपर्नेछ । साथै कोरोनाको लक्षण नभएको र कोरोना संक्रमितको संसर्गमा नगएको समेत उल्लेख गर्नुपर्नेछ ।

सुरुमा एउटा वा दईवटा डोज लगाएकाहरुले ९ महिनाभित्र बुस्टर डोज लगाएको खण्डमा मात्र फ्रान्समा कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएको मानिन्छ । यो नियम फ्रान्सले फेबु्रअरी १ देखि लागु गरेको हो । भ्याक्सिन लगाएकाहरु फ्रान्स जानु परेमा भने उचित कारणसहित कोरोनाबिरुद्धको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

अमेरिकाले भने फ्रान्सलाई उच्च जोखिमयुक्त सुचीमा राखेको छ । सकभर यात्रा नगर्न र यात्रा गर्नु पर्ने भएमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको सुनिश्चित गर्न अमेरिकाले सुझाव दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com