अष्ट्रेलियामा सरकारले दर्ता नगरि राखिएका हतियार बुझाउन अपिल गरेको छ । त्यसो गर्नेलाई आममाफी दिने घोषणा पनि गरिएको छ । आतंकवाद र अवैध हतियारको खतरालाई ध्यानमा राख्दै सन् १९९६ पछि पहिलो पटक अष्ट्रेलियाले आममाफी सहित हतियार बुझाउन अपिल गरेको बीबीसीले जनाएको छ । आगामी जुलाई १ देखि ३ महिनाभित्र आफुसँग भएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरिएको छ । सो अवधि पछि दर्ता नगरिएका हातहतियार भेटिए १४ बर्षसम्मको जेल सजाय, २ लाख ८० हजार अष्ट्रेलियन डलर जरिवाना हुने सरकारले स्पष्ट पारेको छ । अष्ट्रेलियाली सरकारले मुलुकमा २ लाख ६० हजारको संख्यामा अवैध हात हतियार भएको अनुमान गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।