आइतबारको हिमपातपछि सोमबार न्युयोर्कको तापक्रम माइनस, बिहिबार फेरि न्यायो


प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार

आइतबारको हिमपातपछि सोमबारको न्युयोर्क र आसपासका क्षेत्रको तापक्रम अत्याधिक चिसो भएको छ । शनिबार न्युयोर्कको तापक्रम चिसो नभएपनि आइतबारको हिमपातपछि दुई दिनमै तापक्रममा उतारचढाव आएको हो ।

शनिबारको तापक्रमण जोन अफ केनेडी विमानस्थलमा १६ डिग्री सेन्टिग्रेट रहेको थियो । जुन यो मितिको यस अगाडिको तापक्रममा सबैभन्दा उच्च हो । तर आइतबार हिमपातपछि सोमबार तापक्रम माइनस ६ डिग्री सेन्टिग्रेटमा झरेको छ ।

आइतबार न्युयोर्क र आसपासको कतिपय क्षेत्रमा ५ इन्चसम्म हिमपात भएको छ । न्युजर्सीको हार्डविक टाउनसिपमा ५ इन्च हिमपात भएको छ भने न्युयोर्कको नर्थ क्यासल लगायतका स्थानमा ३ इन्चसम्म हिमपात भएको छ ।

मंगलबार र बुधबारपनि तापक्रमण माइनसमा झर्नेछ । तर बिहिबार र शुक्रबार भने न्युयोर्कको तापक्रम न्यानो हुनेछ । न्युयोर्कको तापक्रममा आएको उतारचढावका कारण न्युयोर्कबासीहरु स्वीटरमात्र लगाउने कि ज्याकेट पनि लगाउने ? बुट लगाउने की स्नीकरमात्र लगाउने ? अन्यौलमा पर्ने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com