कार्ल मार्क्सले जेनीलाई लेखेको प्रेम पत्र


प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार

प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु। थाहा छ किन ?  किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ । र म तिम्रो कुनै जवाफ विना नै तिमीसँग कुरा गरिरहन्छु।

एकैछिन छुट्टिएर बस्नु पनि राम्रै कुरा हो ।  निरन्तर सँगै बस्दा हामी एकअर्कामा, एकअर्काको बोली र बानीमा यसरी बानी पर्न थाल्छौं कि त्यसमा कुनै पनि कुरा फरक तरिकाले हेर्न असम्भव बन्दै जान्छ । त्यसपछि स-साना कुरा, बानीले ठूलो रुप लिन थाल्छ, रिस उठ्न थाल्छ। तर जति टाढा जान्छु, क्षणभरमा सबै हट्छ । सूर्य र बर्षाले नयाँ विरुवालाई हुर्काएजस्तै दुरीले प्रेमलाई चमत्कारिक रुपमा हुर्काउँछ ।

प्रिय, आजकल मसँग यो मायाको चमत्कार भइरहेको छ। तिम्रा छायाँ मेरो वरिपरि छ । मेरा सपनाहरु तिम्रो सुगन्धले सजिएका छन् । मलाई थाहा छ,  दुरीले मेरो मायालाई कसरी जोगाएको छ।

प्रिय, तिमीबाट टाढा भएको पल म भित्र प्रेमको शक्ति फेरि महसुस गर्छु । मलाई लाग्छ कि म केहि हुँ। पढ्ने, लेख्ने-जान्ने, आधुनिक हुने कुराले हाम्रीभित्रको शंकालाई उजागर गर्दछ । हामीलाई तर्कसंगत बनाउँछ । तर यी सबैको प्रेमसँग कुनै सम्बन्ध छैन।  म तिम्रो मायामा मेरो अस्तित्व महसुस गर्न सक्छु।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो संसारमा धेरै नारीहरू छन् । धेरै सुन्दर महिलाहरू छन् ।  तर म त्यस्तो अनुहार  अन्यत्र कहाँ पाउन सक्छु ? जसको हरेक विशेषता र हरेक चाउरीपनले मेरो जीवनको सबैभन्दा ठूलो र सबैभन्दा सुन्दर सम्झना दिलाउँछ । मेरा सबै दुःख र जीवनका सबै अपूरणीय हानिहरू पनि ती मिठा सम्झनाहरूको छायामा हराएजस्तो लाग्छ। मेरो अनन्त पीडा, मेरो अपूरणीय क्षति पनि मैले तिम्रो मिठो अनुहारमा पढ्छु । र म तिम्रो अनुहारमा चुम्बन गर्दा पीडा मेटिएको अनुभव गर्छु ।

बिदा,  प्रिय। तिमीलाई र बच्चाहरुलाई धेरै माया अनि चुम्बन । 

तिम्रो
मार्क्स

विश्वको इतिहास, अर्थतन्त्र, समाज, राजनीति बुझ्नको लागि संसारलाई बुझ्ने भौतिकवादी चिन्तनको महान् विचारक कार्ल मार्क्स हुन । लेखन, चिन्तन र सक्रिय राजनीतिमा आफ्नो जीवनको अधिकांश समय पुस्तकालयमा बिताएका कार्ल माक्सले आफ्नी श्रीमती जेनीलाई सन् १८६५ को जुन २१ मा लेखेको पत्रको भावानुवाद । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com