भ्यालेन्टाइन्स डे : प्रेमका सारथीलाई जलाएको दिन


प्रकाशित मिति : फाल्गुन १, २०७८ आईतबार

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाइन्स डेको प्रसंगमा सेन्ट भ्यालेन्टाईनको नाम अगाडि आउँछ । सेन्ट भ्यालेन्टाईन एक पादरीको नाम हो । जसले रोमका सैनिकहरुको अन्तरकथा बुझेको थिए ।

हुन त क्रिस्चियन धर्मले धेरै धार्मिक शहिदहरुलाई भ्यालेन्टाइनको संज्ञा दिएको छ । सन् १९६९ सम्म क्याथोलिक चर्चले औपचारीक रुपमा ११ वटा भ्यालेनटाइन भएको घोषणा गरेको थियो । तर १४ फेब्रुअरीमा सम्झना गरीने सेन्ट भ्यालेन्टाइन भने रोमका हुन । उनी सन् २६९ मा मारिएका थिए । सेन्ट भ्यालेन्टाईनलाई मार्ने व्यक्ति रोमका सम्राट क्लाउडियस द्धितीय हुन् ।

सम्राट क्लाउडियस युद्ध मनपराउने क्रुर शासक थिए । युद्ध र रक्तपातबाट आजित भएका रोमका युवाहरु सेनामा भर्ती हुन चाहिरहेका थिएनन् । तर रोम सम्राट विश्व विजयको अभियानमा लागिरहेका थिए, यसका लागि उनी युवाहरुलाई जसरी पनि सेनामा भर्ती गर्न चाहन्थे । सम्राटको अधिनायकवादी शासन बलियो बनाउन धेरै युवाले बलिदानी दिए । तर आफ्नो शासन अझ विशाल बनाउन रोमका सैनिक संगठन अझ विशाल बनाउने ध्याउन्नमा थिए ।

तर कतिपय युवाले सम्राटको यो कदमप्रति बिरोध जनाए । अझ श्रीमती वा प्रेमिकाको मायाका कारण रोमका युवाहरु सेनामा भर्तीं हुन मानेनन् । जब सेनामा भर्ती हुन युवाहरु अनिच्छुक भए, तब सम्राट क्लाउडियसले युवाहरुको विवाह गर्न रोक लगाए ।

उनले विवाह नगराउन चर्च र पादरीहरुलाई उर्दी जारी गरे । सम्राटको यो उर्दीले युवाहरुको मनमा काँडा विझ्यो । युवाहरुको प्रेममा तुषारापात भयो, खिन्न भए उनीहरु । तर प्रेम अभियानको सहयोगीको रुपमा त्यतिबेलै उदाए एकजना पादरी भ्यालेन्टाईन । उनले गोप्यरुपमा युवाहरुको विवाह गराउन थाले । भ्यालेन्टाईनको अभियान नै थियो युवाहरुको विवाह गराउने । सम्राटको बिहे र प्रेमको पक्षमा सुरु गरिएको विहे अभियान तत्कालीन शासकप्रतिको विद्रोह थियो ।

रोमको सान्ता मारिया चर्चमा सन्त भ्यालेन्टाइन्सको अवशेष

जब यो कुरा शासकहरुको कानमा पुग्यो त्यतिबेला भ्यालेन्टाईनलाई मृत्युदण्ड सुनाउने निर्णय गरियो । मृत्यूदण्ड जस्तो दर्दनाक निर्णयबाट पनि उनी विचलित भएनन् । उनलाई जेल हालियो । जेलरले उनलाई कठोर यातना दिएर राखेका थिए, तर जेलरकी छोरी भने भ्यालेन्टाइनलाई भेट्न आउथीन, सम्मान गर्थीन् । सन् २६९ फेब्रुअरी १४ मा मृत्युदण्ड निश्चित थियो, भ्यालेन्टाइनलाई पहिले नै थाहा थियो ।

मृत्युदण्ड पाउने जानकारी दिदैं उनले आफ्ना शुभचिन्तकहरुलाई पत्र लेखेका थिए । उनलाई रोमको भिया फे्लमिनियामा जलाएर मृत्युदण्ड दिइएको थियो ।

उनकै सम्झनामा आज पनि भ्यालेन्टाइन्स डे मनाउने गरिन्छ । उनको स्तम्भ अझै रोमको सेन्ट प्राक्स्ड चर्च र आयरल्याण्डको डब्लिनमा छ । क्याथोलिक धर्मले अर्को पनि भयालेन्टाइन भएको बताए पनि उनको बारेमा भने त्यति जानकारी अझै सम्म थाहा हुन सकेको छैन ।

उनलाई १४ फेब्रुअरीकै दिन उनका धेरै अनुयायीहरुसंगै अफ्रिकामा फासि दिइएको भन्ने कुरा छ । तर उनको बारेमा कुनै धेरै जानकारी छैन । पादरी कुन् हुन् विमति छ, तर भ्यालेन्टाइन प्रेमका धरोहर हुन्, प्रेमीहरुका आस्था हुन् । त्यसमा विमती छैन ।

त्यसैले संसारभरिका प्रेमी प्रेमीकाहरुका नजरमा उनी सम्मानित छन् । सेन्ट भ्यालेन्टाइनको नाममा प्रेम दिबस मनाउने गरीए पनि धैरे भ्यालेनटाइनहरु मध्ये कुन चाहि भ्योलेन्टाइनको सम्झनामा यो दिवस मनाइएको हो भन्ने कुरा स्पस्ट छैन ।

तर पनि १४ फेव्रअरीकै दिन धेरै भ्यालेन्टाइनहरुलाइ फासि दिइएको बताइएपनि क्रिस्चियन र रोमका भ्यालेन्टाइन मध्ये कसको सम्झना गरेर यो दिवस मनाईएको हो भन्ने कुरा स्पस्ट नभए पनि धेरैले रोमका यिनै भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com