मलेसियाको नेपाली दूतावासबाट विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’


प्रकाशित मिति : माघ २९, २०७८ शनिबार

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावसले जनाएको छ ।

मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेका सरकारको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरेर बुधबारदेखि कार्यक्रमको सुरुआत गरिएको दूतावासले जनाएको छ । राहदानी विभागबाट चौधरीको राहदानी प्रिन्ट गरेर सफलतासाथ परीक्षण गरिएको थियो ।

दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको थियो । एक साता सीमित सेवाग्राहीलाई अनलाइन ‘बुकिङ’का आधारमा सेवा प्रदान गर्ने र सोपश्चात नियमितरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी सुरुआत कार्यक्रममा नेपालबाट ‘भर्चुअल’ माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीषले सेवाग्राहीको चापलाई सहजरूपमा व्यवस्थापन हुने गरी सेवा प्रवाह केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागका महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रवाचक राहदानी जारी नहुने बताउनुभएको दूतावासले जनाएको छ । यसअघि कतारको दोहास्थित नेपाली दूतावासले पनि गत आइतबारदेखि राहदानी नवीकरणको लाइभ इनरोलमेन्टको सुरुआत गरेको थियो ।

मागपत्र प्रमाणीकरण सुरु

कोरोना सङ्क्रमण ओरालो लाग्दै गरेपछि दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी सेवा सुरु गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न भन्दै मलेसिया सरकारले सन् २०२० को मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेशपश्चात दूतावासले मागपत्र प्रमाणीकरण बन्द गरेको थियो ।

मागपत्रसम्बन्धी कागजपत्र प्रमाणीकरणको काम मङ्गलबार, बुधबार र बिहीबार हुने दूतवासले जनाएको छ । मागपत्रसम्बन्धी कागजात भने सोमबार नै दूतावासमा बुझाउनुपर्ने छ । मागपत्रसम्बन्धी कागजात पेश गर्नुअघि दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेर पेश गर्ने समय लिनुपर्नेछ ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com