बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण


प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार

अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला (मध्य त्रिपोली)मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो।“ । आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल–अरबीले “देशको राजनीतिक घटनाक्रम“ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।

“आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,“ प्रवक्ताले भने, “अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ।“प्रतिनिधिसभा ९संसद्०ले फाथी बाशाघालाई देशको नयाँ प्रधानमन्त्रीका लागि सर्वसम्मतिले मतदान गरेको केही घण्टापछि विज्ञप्ति जारी गरिएको हो ।

यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र “निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने।“ बताएका थिए ।उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो। लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो तर प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो। एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com