रुसले सैन्य अभ्यासको बहानामा हाम्रो सामुद्रिक मार्ग अवरुद्ध गरिरहेको छ : युक्रेन


प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार

 

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले आजोभ सागरलाई पूर्ण रूपमा अवरुद्ध गरिएको र रुसी सेनाले काला सागरलाई लगभग पूर्ण रूपमा अलग गरिसकेको बताए। रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ तर अहिलेसम्म युक्रेनमा आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ।

दुई देशबीच बढ्दो तनावका बीच रुसले बेलारुससँग यस क्षेत्रमा ठूलो सैन्य अभ्यास सुरु गरेको छ। बेलारुस, रूसको लामो समयको सहयोगी, युक्रेनसँग लामो सीमा रहेको छ ।

फ्रान्सले शीतयुद्धपछि बेलारुसमा रूसको सबैभन्दा ठूलो तैनाथी अभ्यासलाई, हिंसक संकेत’भनेको छ। यसैबीच युक्रेनले आफूमाथि ‘मनोवैज्ञानिक दबाब’ सिर्जना भइरहेको बताएको छ ।अमेरिकाले बिहीबार युक्रेनमा बस्ने अमेरिकीहरूलाई ‘रूसी सैन्य कारबाहीको बढ्दो धम्की’बीच तुरुन्तै युक्रेन छोड्न आग्रह गरेको छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

साथै, अमेरिकाले यो सैन्य अभ्यासलाई वर्तमान परिस्थितिको बीचमा ‘अझ तनाव बढाउने प्रयासको रूपमा ब्याख्या गरेको छ। यस संकटको बीचमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपले दशकयताकै सबैभन्दा ठूलो सुरक्षा संकटको सामना गरिरहेको बताएका छन् ।

रुसको नौसैनिक अभ्यास आगामी हप्ता युक्रेनको दक्षिणमा अवस्थित दुई समुद्र ब्ल्याक सी र आजोभ सागरमा हुनेछ। रुसले उक्त अभ्यासलाई उद्धृत गर्दै क्षेप्यास्त्र र बन्दुक प्रहार गर्ने चेतावनी दिएको छ । युक्रेनको विदेश मन्त्रालयले दुवै समुन्द्रमा नेभिगेसन असम्भव बनाउने अभ्यास असामान्य रूपमा ठूलो क्षेत्रमा गरिने बताएको छ।

यसै क्रममा युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले ट्वीट गर्दै रुसले दुवै समुन्द्रको अन्तर्राष्ट्रिय पानी अवरुद्ध गरेको बताए । यसैबीच, युक्रेनमा रहेको अमेरिकी दूतावासले ट्वीट गरेको छ कि ‘रसियाले सैन्य अभ्यासको बहानामा युक्रेनको सामुद्रिक सार्वभौमसत्तामा प्रतिबन्ध लगाइरहेको छ, कालो सागर, अजोभ सागरमा नेभिगेसनको स्वतन्त्रतालाई सीमित गर्दैछ र युक्रेनको अर्थतन्त्रका लागि आवश्यक सामुद्रिक सामग्रीहरू अवरोध गर्दैछ।’-BBC

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com