लन्डनमा नेपाली युवालाई लागूऔषध कारोबारमा तीन वर्ष बढी जेल सजाय


प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार

लन्डनमा एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा तीन वर्ष बढी जेल सजाय सुनाइएको छ ।

लन्डन हयारो निवासी २४ वर्षीय निखिल लामा लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा ३८ महिना (तीन वर्ष २ महिना) जेल सजाय सुनाएको हो ।

प्रहरीले लामालाई ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । ए ३० र स्टयानवेल न्यू रोड जक्सनमा प्रहरीले रोकेपछि लामाले प्रहरी अधिकृतलाई दिएको बयान शंकास्पद थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरयो । प्रहरीको कुकुर ल्याएर लामा सवार गाडी खानतलासी गर्दा ६५ पोका क्रयाक कोकिन र करिब एक हजार पाउण्ड भेटिएको थियो । लामाको कार इन्सुरेन्स पनि थिएन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी जोसुवा मुरेले भनेका छन्- कार रोकेर लामाको गिरफ्तारीको परिणाम सरे पुलिसले देशमा लागूऔषध अपराध नियन्त्रणमा कसरी काम गरिरहेको छ भन्ने देखिएको छ ।

उनले सर्वसाधारणलाई शंकास्पद लागूऔषध गतिविधिबारे जानकारी भए दिन आग्रह गर्दै यसबाट संगठित लागूऔषध अपराधको वास्तविक चित्र थाहा हुने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com