अमेरिकाको कारागारमा महिला कैदीबन्दीमाथि यौन दुव्र्यवहार


प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार

क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुव्र्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ ।

संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन् ।

महिला कैदी तथा कामदारको भनाईले जेलमा ‘स्वीकृत र विषाक्त संस्कृति’ भेटिने पुष्टि भएको हो । यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौंको ‘यौन दुराचार’ को सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यद्यपि यस्ता दुव्र्यवहारलाई पिडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अध्ययन रिपोर्टमा भनिएको छ, “डब्लिनमा अहिलेसम्म यीनै र यसप्रकारका दुव्र्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण संकटग्रस्त संघीय जेल ब्यूरोभित्र महामारीका समय ठूलो समस्या भएको छ ।

सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुव्र्यवहारको ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com