ट्रक चालकहरुको आन्दोलन हिंसात्मक बन्दै गएको भन्दै क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा
प्रकाशित मिति : माघ २४, २०७८ सोमबार
OTTAWA, ON – FEBRUARY 05: Thousands in support of the truckers gather on Wellington Street near Parliament Hill on February 5, 2022 in Ottawa, Canada. Truckers continue their rally over the weekend near Parliament Hill in hopes of pressuring the government to roll back COVID-19 public health regulations and mandates. (Photo by Minas Panagiotakis/Getty Images)
क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो ।
कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।
ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिनुभएको छ ।
आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उहाँले दावी गर्नुभयो ।
चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालिन सेवासमेत अवरुद्ध भएको उहाँको भनाई छ ।
उहाँले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिनु भएको छ । एजेन्सी






