अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच आणविक र अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी


प्रकाशित मिति : माघ २४, २०७८ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उहाँहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत् जनाएको हो ।

इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उहाँहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल भ्रमणको निम्ता दिनुभएको थियो । इरानी आणविक कार्यक्रमका कारण पछिल्लो समयमा अमेरिका र इरानबीच विवाद उत्पन्न भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com