अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु


प्रकाशित मिति : माघ २३, २०७८ आईतबार

 

पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ।

अस्ट्रिया-स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्। अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन्। शुक्रबार दिउँसो टायरोल क्षेत्रमा निस्किएका  ती व्यक्तिले दिउँसो ३:३० बजे फोनमार्फत सम्पर्क गरेको बताइएको छ ।

तिनीहरू (1430 GMT) ,  1,868-मिटर (6,129-फिट) Breitegg शिखरमा पुगेका थिए। त्यो उनीहरुको अन्तिम सम्पर्क थियो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com