यी हुन् अमेरिका आउँदा मान्यताप्राप्त कोरोनाबिरुद्धका ९ भ्याक्सिन


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

अमेरिका आउँदा मान्यता पाउने कोरोनाबिरुद्धका भ्याक्सिनको संख्या ९ रहेको छ । विश्व स्वास्थ्य संगठनले भारत बायोटेकबाट उत्पादित कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिन र नोभाभ्याक्सबाट लाइसेन्सप्राप्त भारतमा शेरम इन्स्टीच्युटबाट उत्पादित कोभोभ्याक्सलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि  अमेरिका आउँदा ९ प्रकारका भ्याक्सिन लगाएकाहरुलाई प्रवेश दिइन्छ ।

अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई मान्यता दिइएकोमा त्यसमा कोभ्याक्सिन र कोभोभ्याक्स थपिएका हुन् ।

अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएकाले चाइनिज भ्याक्सिनहरु साइनोफार्म (भेरोसेल) र साइनोभ्याक (कोरोनाभ्याक) लगाएकाहरुले अमेरिका प्रवेश पाउँछन् भने रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई अमेरिका प्रवेश दिइदैन ।

नेपालमा सबैभन्दा बढी कोरोनाबिरुद्धको भ्याक्सिन साइनोफार्म अन्तरगतको भेरोसेल वितरण भएको छ । त्यस्तै नेपालमा वितरण गरिएको जोन्सन एण्ड जोन्सन र कोभिशिल्ड (आष्ट्राजेनेका) लगाएकाहरुले पनि अमेरिका प्रवेश गर्न पाउँछन् ।

जोन्सन एण्ड जोन्सन, फाइजर र मोडेर्नालाई अमेरिकाको एफडीएबाट स्वीकृति दिइएको छ भने अन्य भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com