बेलायती प्रधानमन्त्री जोनसनको टिमबाट राजीनामा दिनको लहर


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

लकडाउनमा भएको पार्टी बिबादपछि  बेलायती प्रधानमन्त्री बोरिस जोनसनको टोलीबाट राजीनामा दिनेको लहरनै चलेको छ ।

हालै उनको नीति सल्लाहकार एलिना नारोजास्कीले  राजीनामा दिएकी हुन् । यसअघि प्रधानमन्त्री निवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए । राजीनामाको बीचमा, प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार आफ्नो टोलीलाई भने  ‘परिवर्तन राम्रो छ।’

पीएम जोन्सन आफ्नो पद कायम गर्न लगातार संघर्ष गरिरहेका छन्। बन्दाबन्दीका बेला प्रधानमन्त्री निवासमा भएको पार्टीमा सामेल हुन कन्जरभेटिभ पार्टीका सांसदहरुले उनलाई प्रधानमन्त्री पदबाट हटाउने भनिरहेका छन् ।

प्रधानमन्त्रीका निजी प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भनेका छन् प्रधानमन्त्री जोनसनले आफ्नो टोलीसँगको भेटमा यो समय चुनौतीहरूले भरिएको कुरा स्वीकार गरे। यद्यपि, उनले यो पनि भने  ‘परिवर्तन राम्रो छ’

राजीनामा दिएका प्रधानमन्त्रीका तीन सहयोगी लकडाउनमा पार्टी विवादमा फसेका छन् । तिनीहरूमध्ये वरिष्ठ निजामती कर्मचारी मार्टिन रेनोल्ड्स थिए, जसले मानिसहरूलाई ‘आफ्नो वाइन ल्याउनुहोस्  भन्दै पार्टीमा निम्ता दिएका थिए ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com