चीन भ्रमण जानुअघि पुटिनले भने,’गहिरो सम्बन्ध स्थापित हुनेछ’


प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार

बेइजिङमा २०२२ को शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिनुभन्दा अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ सञ्चारमाध्यमलाई कुराकानी गर्दै भनेका छन् ‘दुई देशका नेताबीचको भेटले रुस र चीनबीचको पारस्परिक राजनीतिक विश्वासमा आधारित घनिष्ट सहयोगको नेतृत्व गर्ने छ ।’

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति पुटिनले आजको चुनौतीपूर्ण विश्वमा स्थायित्वको रक्षाका लागि दुई देशले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा रुसी राष्ट्रपति पुटिनले फेब्रुअरी ४ मा बेइजिङको भ्रमण गर्नुका साथै शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ।

यस अवधिमा दुई देशका नेताहरूले द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विस्तृत र गहन वार्ता गर्नेछन्। गत वर्ष मात्रै सन् २०२२ मा हुने ओलम्पिकमा आफ्नो सहभागिता पुष्टि गर्ने पुटिन पहिलो विदेशी राजनीतिज्ञ हुन्। फाइल फोटो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com