युरोपमा थप सेना पठाउने अमेरिकी सरकारको निर्णय


प्रकाशित मिति : माघ १९, २०७८ बुधबार

युक्रेनमा रुसको आक्रमणको बढ्दो आसंकाका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा थप सेना पठाउने निर्णय गरेका छन् ।

थप सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यो जानकारी दिएको हो ।
नर्थ क्यारोलिनाको फोर्ट ब्रागबाट पोल्याण्ड र जर्मनीमा दुई हजार सैनिक पठाइनेछ। जर्मनीमा रहेका एक हजार सैनिकलाई रोमानिया पठाइने भएको छ ।

तर रुसले भने आक्रमण गर्ने योजनालाई अस्वीकार गरेको छ, यद्यपि युक्रेनको सिमानामा १०,००,००० रुसी सेना तैनाथ गरिएको छ।

रुसले अमेरिकी सेना पठाउने निर्णयलाई “विपत्तिजनक” भनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसले युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सन् २०१४ मे मा कब्जा गरेको थियो र अहिले आठ वर्षपछि दुई देशबीचको तनाव चरम सीमामा छ ।

रुसले युक्रेनी सरकारले मिन्स्क सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएको छ । दुई देशबीच शान्ति स्थापना गर्न मिन्स्कमा अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर भएको थियो। सन् २०१४ देखि दुई देशबीचको तनावमा कम्तिमा १४ हजार मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाले तैनाथ गरिएका अमेरिकी सेना युक्रेनमा लड्न नभई अमेरिकाका नाटो सहयोगीहरूको सुरक्षा सुनिश्चित गर्ने बताएको छ ।

यसअघि पेन्टागनले गत महिना युद्धको अवस्थामा युरोपलाई सहयोग गर्न साढे आठ हजार सैनिकलाई अलर्टमा राख्ने घोषणा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com