पसलमा ‘१६ सेकेन्ड’ मास्क हटाउँदा २ हजार पाउण्ड जरिवाना, केस पुग्यो अदालत


प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार

बेलायतका एक व्यक्तिले पसलमा ‘१६ सेकेण्ड’ मात्रै मास्क खोल्दा उनलाई २ हजार पाउण्ड (२ लाख रुपैयाँ) जरिवाना गरिएको छ । क्रिस्टोफर नामका युवाले भनेका छन्, ‘इङ्गल्याण्डको प्रिस्कटको एक (प्रेस्कट) स्टोरमा किनमेल गर्दा माक्स लगाएका थिए, तर अस्वस्थ महसुस गरेपछि १६ सेकेन्डको लागि हटाए । यसैबीच, स्टोरमा उपस्थित एक प्रहरी अधिकारीले मास्क नलगाएको भनि नाम लेखे।’

रिपोर्टका अनुसार घटना फेब्रुअरी २०२१ को हो, जब युकेमा सबै सार्वजनिक स्थानहरूमा फेस मास्कको प्रयोग अनिवार्य थियो। ‘लिभरपुल इको’सँग कुरा गर्दै क्रिस्टोफरले मास्क लगाउने नियममा आफूलाई कुनै समस्या नभएको बताए। तर उसले केही सेकेन्डको लागि मात्र मास्क फुकालेका थिए, त्यो पनि स्वास्थ्यमा असहज महसुस भएको बेला !

जरिवाना तिर्न अस्वीकार :

केहि दिन पछि, क्रिस्टोफर चकित परे जब उनलाई ACRO क्रिमिनल रेकर्ड अफिसबाट एक पत्र प्राप्त आयो । उनलाई  100 पाउण्ड जरिवाना तिर्न आदेश दिइएको थियो। तर जब क्रिस्टोफरले अधिकारीहरूलाई इ-मेलमा स्पष्टीकरण दिएर जरिवाना तिर्न अस्वीकार गरे, त्यसपछि अर्को पत्र आयो, जसमा जरिवाना बढाएर २ हजार पाउण्ड पुर्याएको थियो ।

केही महिनापछि अर्को पत्र आयो :

क्रिस्टोफरले भने, ‘मैले १६ सेकेन्डसम्म मास्क फुकालेकोमा जरिवाना तिर्न नपर्ने भन्दै इमेल गरेँ । त्यसपछि महिनौंसम्म यसको बारेमा कुनै जानकारी थिएन। तर मैले डिसेम्बरको सुरुमा एउटा पत्र प्राप्त गरें, त्यसपछि म छक्क परें। पत्रमा मैले २ हजार पाउण्ड तिर्नुपर्ने बताएको छ। जरिवाना  धेरै छ, मेरो सम्पूर्ण आम्दानीले पनि कभर गर्दैन।’

कानुनी लडाइँ :

क्रिस्टोफरले भने, ‘जब मैले उनीहरूलाई इमेल गरें, तब थाहा भयो कि उनीहरूलाई थाहा नदिई यो मुद्दा अदालतमा पुग्यो।’ आफूलाई यसबारे केही थाहा नभएको देखाउनको लागि उनले वैधानिक घोषणापत्रमा हस्ताक्षर गर्नुपर्‍यो। तर, कानुनी लडाइँ अझै सकिएको छैन । यस विषयमा क्रिस्टोफर छिट्टै अदालतमा उपस्थित हुनेछन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com