लकडाउनमा पार्टी गर्ने बेलायती प्रधानमन्त्रीले संसदमा मागे माफी, विपक्षी भन्छन् ‘लाज सरम नभएको मान्छे’


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

कोरोना महामारीका बेला प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ मा पार्टी आयोजित गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसदमा माफी मागेका छन् ।

जनता लकडाउन र महामारीसँग जुधिरहेका बेला प्रधानमन्त्री भने पार्टीमा मस्त भएको भन्दै विरोध भएपछि वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिको अध्ययन प्रतिवेदनमा ‘१०, डाउनिङ स्ट्रिट’ पार्टीबारे भनिएको छ, भोज कार्यक्रम आयोजना नहुनु पर्ने थियो ।

सोही बिषयलाई लिएर प्रधानमन्त्री बोरिस जोनसनले संसदमा माफी माग्दै भनेका छन्, प्रतिवेदनमा उल्लेख कुराहरुलाई स्वीकार गर्दछु मेरो तर्फबाट गल्ती भएको हो ।

उनले भने, ‘ऐनामा हेरेर सिक्नुपर्छ, यसको अर्थ सबै कुरा नियमभित्रै भएको थियो भन्ने होइन ।
जोनसनले आफ्नो स्पष्टीकरणमा भने’अब आफूले ‘डाउनिङ स्ट्रिट’ र क्याबिनेट अफिस चलाउने तरिका परिवर्तन गर्दैछु, जसले गर्दा धेरै कुरामा सुधार आउनेछ ।’

उनले सरकारको कार्यशैली सुधारका लागि आगामी दिनमा घोषणा गर्ने बताउँदै भने , ‘यस विषयमा मैले माफी माग्नु मान पर्याप्त हुँदैन ।’
तर विपक्षीहरुले राजिनामाको माग गरेका छन् ।

विपक्षी सांसदले प्रधानमन्त्रीलाई “लाज सरम नभएको मान्छे” भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । लेबर नेता केयर स्टाररले भने पहिलेनै बोरिस जोनसनको राजीनामा माग गरिसकेको छौँ । बेलायती सञ्चार माध्यमहरुमा सार्वजनिक भएका विवरण अनुसार सन् २०२० को मे देखि ‘डाउनिङ स्ट्रिट’मा १७ पटकसम्म जमघट भएका छन् ।

‘१० डाउनिङ स्ट्रिट’मा भएका भोजहरुबारे संसदलाई झुट विवरण दिएको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको छ ।

बेलायती पूर्वप्रधानमन्त्री थेरेसाले संसदमा भनिन्, कोभिडको नियमले जनतालाई प्रतिबन्ध लगाएको छ, प्रधानमन्त्रीले यी नियम बुझ्नुहुन्छ कि हुँदैन भन्ने भन्ने कुरा जनतालाई थाहा पाउने अधिकार छ ।

उनले भनिन् , ‘ग्रेको रिपोर्टले ,डाउनिङ स्ट्रिट’ले नियमहरू पालना नगरेको देखाएको छ।’ प्रधानमन्त्री जोनसनलाई लकडाउन नियमहरू थाहा थियो कि थिएन भन्दै संसदमा प्रश्नहरु गरिएको छ ।

कानुनले एउटै घरपरिबारका बाहेक सार्वजनिक स्थानमा दुई जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो । सोही वर्षको मे महिनामा सार्वजनिक भएको अर्को एक जमघटमा प्रधानमन्त्री जोनसन र उनका कर्मचारीहरुले डाउनिङ स्ट्रिटमा रक्सीको बोटल समातेको देखिएको थियो । तर सो जमघट कामसँग सम्बन्धित भएको प्रधानमन्त्रीले दाबी गरेका थिए । सन् २०२० को अन्ततिर र सन् २०२१ को अप्रिलमा कोभिड नियम उल्लंघन गरेर आयोजन गरिएका धेरै भोजमा प्रधानमन्त्री सहभागी भएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com