रेकर्डब्रेकर हिमपात रोकिएपनि अमेरिकाको पूर्वी क्षेत्रमा खतरनाक चिसो कायमै


प्रकाशित मिति : माघ १६, २०७८ आईतबार

अमेरिकाको न्युयोर्क लगायत उत्तरपूर्वी क्षेत्रमा हिमपातमा रेकर्ड कायम गरेको खराब मौषम वितेपनि खतरनाक चिसो भने कायमै रहेको छ । कतिपय स्थानमा आइतबार विहानपनि प्रतिघण्टा ४० माइलको दरले चिसो हावा चलेको भने तापक्रम शुन्यभन्दा तल माइनस १० देखि २० डिग्री सेल्सियससम्म झरेको छ ।

उत्तरपूर्वी क्षेत्रका कैयन भागमा खतरनाक चिसो हावा चलेको छ । सडकमा हिउँ थुप्रिएकाले आवागमनमा अप्ठ्यारो छ भने बाटाहरु चिप्ला भएका छन् । मासाचुसेट्सका कतिपय भागमा शनिबार ८० माइल प्रतिघण्टाको दरले चिसो हावा चलेको थियो ।

 मेरिल्याण्ड

आइतबार न्युयोर्कको बफेलो, पिट्सबर्ग लगायतका स्थानमा तापमानमा झण्डै १० डिग्रीलेमात्र सुधार भएको छ । तर न्युयोर्क सिटी, बोस्टन र फिलाडेल्फिया लगायतका सिटीमा तापक्रम आइतबार ५ डिग्रीले गिरावट आएको छ । तापक्रममा सुधार आउन साताको मध्यसम्म लाग्ने मौषमविदहरुको भनाई छ ।

शनिबार हिमआँधी बम साइक्लोनमा रुपान्तरण भएको थियो । २४ घण्टाभित्र २४ मिलिबारभन्दा ब्यारोमेट्रिक चाप घटेको खण्डमा बम साइक्लोनको अवस्था आउँछ । मासाचुसेट्सको स्टफटनमा शनिबार रातीसम्म झण्डै ३१ इन्च हिमपात भएको थियो ।

न्युजर्सी

न्युजर्सीको एटलान्टिक सिटीमा जनवरी महिनाको हिमपातमा रेकर्ड तोडिएको छ । जनवरीभरमा ३३ दशमलव २ इन्च हिमपात भएको छ, जुन यस अगाडिका कुनै पनि जनवरीको भन्दा बढी हो । सन् १९८७ को जनवरीमा एकमहिनाभर २० दशमलव ३ इन्च हिमपात भएको थियो । एटलान्टिक सिटीमा शनिबार १४ इन्च हिमपात भएको छ ।

मासाचुसेट्स

त्यस्तै बोस्टनको लोगन इन्टरनेशनल एयरपोर्टमा शनिबार रातीसम्म २३ दशमलव ६ इन्च हिमपात भएको छ । त्यस्तै न्युयोर्कको सेन्ट्रल पार्कमा सनिबार ७ दशमलव ३ इन्च हिमपात भएको छ । जनवरी २९ को दिन यस अगाडि सन् १९०४ मा ४ दशमलव ७ इन्च हिमपात भएको थियो । फिलाडेल्फियामा शनिबार ५ दशमलव ८ इन्च हिमपात भएको छ । जनवरी २९ को दिन यस अगाडि सन् १९०४ मा ५ इन्च हिमपात भएको थियो ।

न्युयोर्क

आइतबार विहानसम्म मासाचुसेट्समा ६० हजारभन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

सबै तस्वीर एपीबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com