अमेरिकी विश्वविद्यालयमा दलितमाथिको विभेदमा प्रतिबन्ध लगाउने नीति, अमेरिकाभर अनुशरण गरिदै


प्रकाशित मिति : माघ १६, २०७८ आईतबार

क्यालिफोर्निया स्टेट युनिभर्सिटीको विभेद विरोधी नीति लागु भएपछि अमेरिकाभर का विश्वविद्यालयहरु जातीय विभेदमाथि प्रतिबन्ध लगाउने दिशामा अगाडि बढिरहेका छन् । विश्वविद्यालयहरुमा खासगरी दक्षिण एसियाली विद्यार्थीहरुलाई जातीउ विभेदको कुराले समेत पिरोल्दै आएको थियो ।

जातीय उत्पीडित विद्यार्थीहरु नेपाल, भारत लगायतका दक्षिण एसियाली पृष्ठभूमिबाट आएकाहरु छन् । उनीहरुले अमेरिकाका विश्वविद्यालयहरुमा पनि जातिवाद गाली, सुक्ष्म आक्रमण र सामाजिक बहिष्कारका माध्यमबाट देखिएको गुनासो गर्दै आएका छन् । तर यो विभेद यही अल्पसंख्यक समुदायभित्रमात्र चल्दै आएको छ । जसका कारण अन्य अमेरिकनहरुलाई दलितमाथिको विभेद कसरी हुन्छ भन्नेबारे राम्रोसँग ज्ञान समेत छैन ।

लगभग दुईबर्षसम्मको विद्यार्थीहरुको प्रयासपछि क्यालिफोर्नियाको युनिभर्सिटीले आफ्नो भेदभाव विरोधी नीतिमा जातको विषयलाई पनि स्पष्ट रुपमा समावेश गरेको छ । यो युनिभर्सिटीले जातमा आधारित विभेद, उत्पीडन र प्रतिशोधमाथि प्रतिबन्ध लगाएको छ । ४ लाख ८५ हजारभन्दा धेरै विद्यार्थीहरु र ५६ हजारभन्दा धेरै कर्मचारी रहेको यो विश्वविद्यालयमा यसको प्रभाव उल्लेख्य हुनसक्छ ।

विश्वविद्यालयसँग दलित समुदायको पीडा र समस्यालाई सम्बोधन गर्ने नीति हुनु सकारात्मक रहेको विद्यार्थीहरुको भनाई छ । यो युनिभर्सिटीले जातीय संरक्षण घोषणा गरेको छ । यो विश्वविद्यालयका दलित विद्यार्थीहरु र कर्मचारीहरुलाई अब जवाफदेहिताका लागि मार्गप्रसस्त भएको छ । अमेरिकाको ठूलोमध्येको युनभर्सिटी प्रणालीमा यो नीति आएपछि अरुले पनि अनुशरण गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समायमा युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिस, हार्भर्ड युनिभर्सिटी, कल्बी कलेज लगायतले आफ्नो नीतिमा अपडेट गर्दै जातलाई समेत समावेश गरेर जातीय भेदभावविरुद्धको नीति बनाएका छन् । ब्रान्डिस युनिभर्सिटीले सन् २०१९ मा नै यस्तो नीति ल्याएर उदाहरणीय काम गरेको थियो ।

नेपाल, भारत र अन्य दक्षिण एसियाली देशहरूमा जाति व्यवस्था र जातीय भेदभावलाई कानुनी रूपमा गैरकानुनी रूपमा निषेध गरिएको छ । तर यसको विरासत डायस्पोरामा रहेको दक्षिण एसियाली धर्म समुदायमा अझैपनि सांस्कृतिक र प्रणालीगत रूपमा कायम छ। दक्षिण एसियालीहरू अमेरिका, युरोप लगायतका स्थानमा बसाई सर्दापनि जातलाई भने साथमा नै ल्याउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com