अमेरिकामा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै,अधिकारीहरु भन्छन,’यस्तो हुनु चिन्ताजनक’


प्रकाशित मिति : माघ १६, २०७८ आईतबार

संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् ।

प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हाजार भन्दा बढीको ज्यान गएको छ ।

बुधबारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com