रुस-युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा आफ्ना सैनिक दोब्बर तैनाथ गर्ने


प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

रुस र युक्रेनबीच बढ्दो तनावका बीच बेलायतले अर्को हप्ता युरोपमा केही कूटनीतिक र सैन्य कदम चाल्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘बेलायतले नेटो अन्तर्गत बाल्टिक राज्य र पूर्वी युरोपमा तैनाथ आफ्ना सेनाको संख्या दोब्बर बनाउने बताएको छ। यसपछि यसको सैनिकको संख्या बढेर ११५० हुनेछ ।’

योसँगै बेलायतले स्टोनियालाई हतियार पठाउने बताएको छ । बेलायतको यो प्रस्ताव सोमबार ब्रिजलमा हुने नेटो मन्त्रीहरुको बैठकमा पेश गरिने भएको छ ।

अर्कोतर्फ बेलायतका रक्षा र परराष्ट्रमन्त्रीहरु वार्ताका लागि मस्को जाने तयारीमा छन् । यससँगै प्रधानमन्त्री जोनसनले अर्को हप्ता पूर्वी युरोपको पनि भ्रमण गर्ने छन् ।

रुसले युक्रेनको सिमानामा एक लाख सैनिकसहित ट्याङ्क, हतियार र मिसाइल तैनाथ गरेको छ । यद्यपि उनले युक्रेनमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको कुरा बताउँदै आईरहेको छ । अर्कोतर्फ, नाटोका सहयोगीहरूले युक्रेनलाई हतियार र सैन्य सहयोग दिइरहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com