न्युयोर्कको कलेजमा अध्ययनरत २० बर्षीय विद्यार्थीको बसपार्कमा कठाँग्रिएर मृत्यु


प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

न्युयोर्कको कलेजमा अध्ययनरत २० बर्षीय विद्यार्थीको अत्याधिक चिसोले मृत्यु भएको छ । स्टेट युनभसिर्टी अफ न्युयोर्क ओलिअन्टामा अध्ययनरत ती विद्यार्थीको शुन्य डिग्री सेल्सियसभन्दा कम तापक्रमको सामना गर्नुपरेका कारण मृत्यु भएको जनाइएको छ । विहिबार विहान सिलास लेन बसपार्क नजिकै उनी अचेत अवस्थामा भेटिएका थिए ।

टेलर लोप्रेस्ट्री क्यास्ट्रो नामका ती विद्यार्थीलाई तत्काल अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो । ती विद्यार्थी उक्त क्षेत्रमा बसमा चढेर भने नआएको सीसीटिभी फुटेजमा देखिएको छ । उनी विहिबार विहानै सबा २ बजे बसपार्क पछाडिको जंगल क्षेत्रबाट आएको देखिएको छ ।

उनी बाटो छाडेर हिँडेको हुनसक्ने र हिउँमा चढेर ड्रेनेज क्रीक पार गर्दै त्यहाँ आएको हुनसक्ने देखिएको छ । अधिकारीहरु त्यहाँ आउँदा ती विद्यार्थी अत्याधिक चिसोले अचेत अवस्थामा भेटिएका थिए । प्रहरीले उनी विहान सबा २ बजेभन्दा अगाडि कहाँ थिए भन्ने पत्ता लगाउन प्रयास गरिरहेको छ ।

प्रहरीले घटना कुनै अपराधसँग सम्बन्धित भएको आशंका गरेको छैन । तर कुनै सुचना भएमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । ती विद्यार्थी स्टेट युनभसिर्टी अफ न्युयोर्कमा एकाउन्ट विषयमा अध्ययनरत रहेको जनाइएको छ । घटनाबारे कलेजलाई  खबर गरिसकिएको छ ।

क्यास्ट्रोले इस्ट ग्रिनबुसको कोलम्बिया हाइस्कुलमा पढेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com